शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • धादिङका थप ९६ जनामा कोरोना पुष्टि,सक्रिय केश हजार नाघ्यो
भर्खरै

धादिङका थप ९६ जनामा कोरोना पुष्टि,सक्रिय केश हजार नाघ्यो

  • सिधा दृष्टी आइतवार, जेष्ठ २, २०७८ | May 16, 2021

धादिङ । धादिङका थप ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्लाको नीलकण्ठका ४, धुनीबेशीका ११, गल्छीका २९, गजुरीका २, बेनिघाट रोराङका ६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । यस्तै ज्वालामुखीका २, त्रिपुरासुन्दरीका २, गंगाजमुनाका ४,नेत्रावतीका ३, थाक्रेका १, खनियाबासका १९, सिद्धलेकका ४, रुवीभ्यालीका १ र पालिका नखुलेका ८ जना गरी कुल ९६ जनामा संक्रमण पुष्टि भएको छ । आज जिल्ला भित्र ५६ र जिल्ला बाहिर ४० पोजिटिभ केश देखिएको छ।

यससँगै

जिल्लामा सक्रिय केश एक हजार नौ पुगेको छ । संक्रमित मध्ये ७४२ जना जिल्ला भित्र र २६७ जना जिल्ला बाहिरका बिभिन्न आईशोलसनमा रहेका छन् । यससँगै जिल्लाभर हालसम्म कोरोना संक्रमित हुनेको सङ्ख्या भने २ हजार ६८४ पुगेको छ । जिल्ला अस्पतालको आइसोलेसनमा २५, संस्थागत आइसोलेसनमा गजुरीमा १०, धुनिबेसीमा १, बेनिघाट रोराङ्गमा ७, रुबिभ्यालीमा २ र त्रिपुरासुन्दरीमा ३ जना रहेका छन भने जिल्ला भित्र होम आइसोलेसनामा ६९४ रहेका छन्। जिल्ला बाहिर हस्पिटल आइसोलेसनमा १८ र होम आइसोलेसनमा २४९ रहेका छन् ।

जम्मा संक्रमित मध्ये १ हजार ७२० जनाको धादिङमा स्वाव संकलन गरि परिक्षणको लागि पठाईएको र बाँकी ९ सय २२ जनाको भने जिल्ला बाहिर गएर स्वाव परिक्षण गराउँदा पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । जिल्लाभर संक्रमण मूक्त हुनेको सङ्ख्या १६५० पुगेको छ भने मृत्यु संख्या २५ पुगेको छ । आज निलकण्ठ नगरपालिकामा १२५ र धुनिबेसी नगरपालिकामा १३ गरेर आज जिल्ला भित्र १३८ स्वाब संकलन भएको छ । यससँगै जिल्लामा ५८८ जनाको नतिजा आउन बाँकी रहेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय