काठमाडौं। नेपाल प्रहरीले पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गरी हिँड्ने ६ हजार १५९ जनालाई होल्डमा राखि सम्झाई बुझाई छाडेको छ। विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा उनीहरुलाई होल्डमा राखिएको प्रहरीले जनाएको छ।
हाल देशका ७७ मध्ये ७४ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। निषेधाज्ञा जारी गरिएका जिल्लामा अनावश्यक हिँडडुलमा कडाई गरिएको छ।