शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • साहित्यसर्जक एवम् फिल्मकर्मी चेतन कार्कीको निधन
भर्खरै

साहित्यसर्जक एवम् फिल्मकर्मी चेतन कार्कीको निधन

  • सिधा दृष्टी आइतवार, जेष्ठ २, २०७८ | May 16, 2021

कवि, गीतकार, उपन्यासकार एवं फिल्मकर्मी चेतन कार्कीको निधन भएको छ ।

८४ बर्षीय कार्कीलाई गत आइतबार कोभिड संक्रमण भएपछि छाउनी हस्पिटल भर्ना गरिएको थियो । तर स्वस्थ्यमा सुधार नआएपछि आज बिहान १० बजे अस्पतालमै उनको देहान्त भएको हो ।

विश्वास, पहिलो प्रेम, मनको आँखा, भूमरी जस्ता फिल्मको निर्देशन समेत गरेका कार्कीले सयौँ नेपाली फिल्ममा स्क्रिप्टराइटर तथा लिरिक्स राइटरको भूमिकामा आफूलाई सधैं अब्बल दर्शाएका थिए । उनले नीर शाहको पहिलो फिल्म परिर्वतनदेखि स्क्रिप्टलेखनको आरम्भ गरेका थिए ।

‘नेपाली फिल्म

उद्योगले आज एउटा जिउँदो इतिहास गुमाउनु परेको छ, तपाईंको निधन भए पनि तपाईंका सुत्रहरुलाई हामी सदा जिवित राख्दै पालना गर्नेछौँ’ भन्दै नीर शाहले फेसबुकको टाइमलाइनमार्फत दिवंगत कार्कीलाई श्रद्धाञ्जली दिएका छन् । यसैगरी चेतनको पहिलो प्रेममा अभिनेत्री भएर खेलेकी करिश्मा मानन्धरले पनि ‘तिमी मेरो हिरो हौ’ भन्दै श्रद्धाञ्जली दिएकी छन् ।

यसै क्रममा कलाकार संघका उपाध्यक्ष मोहन निरौलाले चेतनजस्तो अदभूत लेखन क्षमता भएका फिल्मकर्मीलाई गुमाउन पर्दा निकै दुःख लागेको बताएका छन् । उनले भनेका छन्, ‘भावीको यो निर्णयलाई स्वीकार्नै पऱ्यो तसर्थ उहाँको बैकुण्ठ यात्राका लागि हामी तयारी गरिरहेका छौँ ।’ सकेसम्म सुरक्षित भएर उनको विदाइमा उपस्थित भइदिन निरौलाले आग्रह पनि गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय