आइतवार, जेष्ठ २१, २०८० | Sunday 4th June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • कोरोना नियन्त्रणमा प्रभावकारी कदम चाल्न कांग्रेसको ध्यानाकर्षण
भर्खरै

कोरोना नियन्त्रणमा प्रभावकारी कदम चाल्न कांग्रेसको ध्यानाकर्षण

  • सिधा दृष्टी शनिबार, जेष्ठ १, २०७८ | May 15, 2021
file phot

कोरोना महामारी नियन्त्रणमा तत्काल प्रभावकारी कदम चाल्न नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलले प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ ।

मुख्यमन्त्री शंकर पोखरेललाई १६ बुँदे ध्यानाकर्षणपत्र बुझाउँदै कांग्रेसले प्रदेश सरकारले महामारी नियन्त्रणमा प्रभावकारी काम गर्न नसक्दा महामारी नियन्त्रण बाहिर गएको जनाएको छ ।

संसदीय दलका नेता वीरेन्द्र कनौडियाद्वारा हस्ताक्षरित विज्ञप्तिमा सबै जिल्लामा प्रदेशसभा सदस्यको नेतृत्वमा अति आवश्यक सेवा, संक्रमित एवं अस्पतालहरुको अनुगमन र प्रदेश सरकारसँग सहजीकरण गर्न सर्वपक्षीय संसदीय टोली गठन गर्न माग समेत गरिएको छ ।

‘प्रदेश सरकार आफ्नै धुन

एवं गतिमा अग्रसर हुँदा, सरकारी काम कारबाही चुस्तदुरुस्त नदेखिएको, सरकारको लाचारीपन, लापरबाही र गैरजिम्मेवार गतिविधिले महामारी नियन्त्रण र रोकथाम काबु बाहिर गएकोमा नेपाली कांग्रेस संसदीय दल लुम्बिनी प्रदेश भर्त्सना गर्दछ,’ ध्यानाकर्षण पत्रमा भनिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय