शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • कार्यकारिणी समिति बैठक नडाकिएको महन्थ ठाकुरको प्रष्टोक्ति
भर्खरै

कार्यकारिणी समिति बैठक नडाकिएको महन्थ ठाकुरको प्रष्टोक्ति

  • सिधा दृष्टी शनिबार, जेष्ठ १, २०७८ | May 15, 2021

विभाजनको दिशामा जसपा

जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुरले पार्टी केन्द्रीय कार्यकारिणी समितिको कुनै बैठक नडाकिएको स्पष्ट पारेका छन् । जसपाका अर्का अध्यक्ष उपेन्द्र महतो समूहले आज कार्यकारिणी समितिको बैठक बोलाएकामा असन्तुष्टि जनाउँदै अध्यक्ष ठाकुरले विज्ञप्ति जारी गरी जसपाको कुनै पनि बैठक नडाकिएको बताएका हुन् ।

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक नडाकिएको र त्यस्तो कुनै जानकारी नआएको विज्ञप्तिमा उल्लेख गरिएको छ । यता अध्यक्ष यादव र सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई समूहले पार्टीको कार्यकारिणी समितिको बैठक

बोलाइएको जिकिर गरेको छ ।

महन्थ ठाकुर पक्षले बहुमत सांसदको उपस्थितिमा राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको भोलिपल्ट (१ जेष्ठ) उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षले केन्द्रीय कार्यकारिणी समिति बैठक बोलाएको थियो । केपी ओली सकारलाई विश्वासको मत दिने सन्दर्भमा जसपा विभाजित भएको थियो ।

दुई समूहबीच यसरी एकाएक शुरु भएको रस्साकस्सीले जनता समाजवादी पार्टी औपचारिक विभाजनको दिशामा अघि बढेको अनुमान गर्न थालिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय