सोमवार, जेष्ठ २२, २०८० | Monday 5th June 2023
जोडिनुहोस
Trending
भर्खरै

मोरङमा एक युवकको हत्या

  • सिधा दृष्टी शनिबार, जेष्ठ १, २०७८ | May 15, 2021

विराटनगर । मोरङको लेटाङमा एक युवकको हत्या भएको छ । शुक्रबार राति लेटाङ नगरपालिका–३ का २२ वर्षीय रोमन राईको हत्या भएको हो ।

हत्या आरोपमा प्रहरीले लेटाङ–३ कै १८ वर्षीय सुशील दर्जी र दिलबहादुर लिम्बूलाई पक्राउ गरेको छ ।

लेटाङको त्रिशूली चोकमा दर्जी र लिम्बूको विवाद राईसँग भएको थियो । विवादकै क्रममा दुई जनाले छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय मोरङका

डीएसपी मानबहादुर राईले जानकारी दिए । हत्या आरोपमा पक्राउ परेको दुई युवक मृतक राईका कामदार हुन् ।  काम गरेको पैसा माग्ने विषयमा विवाद हुँदा घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

पेटमा छुरा प्रहार भएपछि राई गम्भीर घाइते बनेका थिए । उपचारका लागि विराटनगरको विराट नर्सिङ होम ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

राई लेटाङमा पुल हाउस सञ्चालन गर्थे । उनको ढुवानीको व्यावसाय पनि छ भने राईको हत्या आरोपी दर्जी र लिम्बू मृतककै ट्याक्टरका मजदुर हुन् ।

उनीहरुलाई राईले नै निर्माण सामग्री ढुवानीको काममा लगाउने गरेका थिए । काममा लगाए पनि आफूहरुले पाउनुपर्ने पैसा समयमा नदिएपछि घटना भएको उनीहरुले प्रहरीसँगको वयानमा बताएको डीएसपी राईले बताए । घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय