काठमाडौँ। गत २४ घण्टामा काठमाडौँ उपत्यकामा २,९३७ जनामा कोरोना सङ्क्रमण देखिएको छ। केही दिनयता काठमाडौं उपत्यकामा सङ्क्रमितको सङ्ख्या घट्दो छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आज दिइएको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार काठमाडौँमा सर्वाधिक थप २,१४६ जनामा, भक्तपुरमा थप ३४७ जनामा र ललितपुरमा थप ४४४ जनामा कोरोना सङ्क्रमण देखिएको हो। यो देशभरको गत २४ घण्टाको कूल सङ्क्रमणको ३६.०८ प्रतिशत हो।