आइतवार, जेष्ठ २१, २०८० | Sunday 4th June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • वीरको नयाँ भवन सञ्चालनमा अक्सिजन अभाव बन्यो अवरोध
भर्खरै

वीरको नयाँ भवन सञ्चालनमा अक्सिजन अभाव बन्यो अवरोध

  • सिधा दृष्टी शनिबार, जेष्ठ १, २०७८ | May 15, 2021

वीर अस्पतालले अक्सिजन अभावका कारण नयाँ भवन सञ्चालन गर्न सकेको छैन । सरकारले अस्पतालको नयाँ सर्जिकल भवनमा कोभिड-१९ का सङ्क्रमितको उपचारका लागि सञ्चालन गर्ने निर्णय गरे तापनि अक्सिजन अभावले सञ्चालनमा कठिनाइ भएको छ ।

अस्पतालका निर्देशक डा. शान्ता सापकोटाले सरकारको निर्देशनानुसार नयाँ भवन सञ्चालनका लागि तयारी गरिए तापनि अक्सिजन नपाइएपछि सञ्चालन हुन नसकेको जिकिर गरेकी छन् ।

नेपालमा अहिले १५ हजार अक्सिजन सिलिण्डरको माग छ भने सात हजार २०० मात्र उत्पादन हुने गरेको छ । ‘हामीले भवनमा बिरामी

राख्नका लागि सबै तयारी पूरा गरेका थियौँ तर अक्सिजन नभएपछि त्यकिै रोकिएको छ । अहिले सङ्क्रमितलाई अक्सिजन चाहिन्छ, त्यसैले अक्सिजनविना बिरामीलाई नयाँ भवनमा राख्न सकिँदैन’– डा. सापकोटाको भनाइ छ ।

बताइएअनुसार वीरमा शुरुमा एक सयदेखि ३०० शय्या सञ्चालन गर्ने योजना थियो । सर्जिकल बिरामीका लागि बनाइएको उक्त भवन ५०० शय्याको छ । त्यहाँ बिरामी राखेर उपचार गर्नका लागि कम्तीमा ६०० सिलिण्डर अक्सिजन आवश्यक पर्ने उल्लेख गर्दै उनले अक्सिजनको आपूर्ति गर्नका लागि प्रयास भइरहेको र प्राप्त हुनासाथ भवनमा बिरामीलाई राखिने जानकारी दिइन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय