धादिङ अस्पतालमा अक्सिजन अभावका कारण नुवाकोट रिफर गरिएका नीलकण्ठ नगरपालिका २ निवासी ८४ वर्षिय पुरुष र नीलकण्ठ नगरपालिका ३ निवासी ५३ वर्षिय महिलाको मृत्यू भएको हो ।
जिल्ला अस्पताल धादिङका स्वास्थ्यकर्मी कृष्णलाल उप्रेतीका अनुसार धादिङ अस्पतालमा अक्सिजन अभाव भएकोले उहाँहरुलाई रिफर
गरिएको थियो । नुवाकोट पुर्याउँदा समेत बचाउन नसकिएको हो ।
शुक्रबार पनि धुनीबेसी नगरपालिकामा ५१ वर्षिय पुरुषको मृत्यु भएको थियो यो सँगै धादिङमा कोरोना भाईरस संक्रमणका कारण मृत्यु हुनेको संख्या २४ पुगेको छ ।