शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • रातो मत्स्येन्द्रनाथको रथयात्रा आज, सांकेतिक रूपमा सम्पन्न गरिँदै
भर्खरै

रातो मत्स्येन्द्रनाथको रथयात्रा आज, सांकेतिक रूपमा सम्पन्न गरिँदै

  • सिधा दृष्टी शनिबार, जेष्ठ १, २०७८ | May 15, 2021

काठमाडौं । आज (शनिबार) रातो मत्स्येन्द्रनाथको ‘सांकेतिक’ रथयात्रा हुने भएको छ । ललितपुरस्थित पुल्चोकमा आज दिउँसो साढे २ बजे उक्त रथ तानिने ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले जानकारी दिए । उनका अनुसार कोरोना भाइरस संक्रमणको जोखिमका कारण यसपालि सांकेतिक रुपमा मात्रै रथयात्रा गरिने भएको हो । विगतमा जस्तो भीडभाडयुक्त पूर्ण रथयात्रा हुनेछैन ।

बुधबार रथयात्रा सम्बन्धी सरोकारवालाहरुको बैठक बसेर स्वास्थ्य मापदण्ड पालना गर्दै छानिएका निश्चित १५० जनाजतिले मात्रै रथ तान्ने निर्णय गरिएको थियो । उक्त रथ करिब २५ मिटर मात्र तानेर

त्यहीँ विसर्जन गर्ने तयारी भइरहेको छ । जात्रा नरोकियोस् भन्नका लागि सांकेतिक रुपमा संक्षिप्त विधिबाट उक्त रथयात्रा सम्पन्न गर्ने निर्णय गरिएको हो ।

 

गत वर्ष पनि कोरोना महामारीकै कारण विगतमा जस्तो रथयात्रा हुन सकेको थिएन । लामो समय रोकिएको गत वर्षको रथयात्रा ढिला गरी सम्पन्न गर्न खोज्दा विवाद र झडप समेत भएको थियो । वैशाखमै हुनुपर्ने उक्त रथयात्रा गत वर्ष  भदौ २९ गते सम्पन्न गरिएकाे थियाे ।

करिब १ हजार ६०० वर्ष अघिदेखि सुरू भएकाे मानिने रातो मच्छिन्द्रनाथको रथयात्रा हरेक वर्ष बैशाख महिनाको शुक्ल पक्ष प्रतिपदादेखि सुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिनासम्म मनाइन्छ । सो जात्राको विशिष्ट सांस्कृतिक एवं धार्मिक महत्त्व रहिआएको छ । पाटनको सबैभन्दा महत्त्वपूर्ण तथा उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा रहेको सो जात्रा हिन्दू र बाैद्ध दुवै धर्मावलम्बीहरूले मनाउने गर्छन् । हिन्दू धर्मावलम्बी मत्स्येन्द्रनाथलाई ऐतिहासिक सन्त गुरु करुणामयको रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बी ‘पद्मपाणि’ (पञ्चबुद्ध मध्येका चौथो बुद्ध) का रूपमा पूजा गर्ने गर्छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय