धादिङको निलकण्ठ नगरपालिकाले अक्सिजन प्लान्ट निर्माण गर्ने भएको छ । अक्सिजन अभावमा कुनै पनि बिरामीले ज्यान गुमाउन नपरोस् भनेर आफ्नै ठाउमा अक्सिजन प्लान्ट निर्माण गर्न लागेको निलकण्ठ नगरपालिकाका मेयर भिमप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो ।
धादिङमा कोरोना संक्रमितहरुको उपचारमा आवश्यक पर्ने अक्सिजनको अभाव हुन नदिन र अन्य बिरामीहरुलाई पनि अक्सिजन आवश्यक परे सहज रुपमा अक्सिजनको व्यवस्थापन गर्न सहयोग पु¥याउने उद्देश्यले नगरपालिकाले अक्सिजन प्लान्ट निर्माण गर्ने योजना बनाएको मेयर ढुङ्गानाले बताउनुभयो । अक्सिजन प्लान्ट कोरोना महामारीको समयलाई मात्र नभइ सधैंको लागि निर्माण
गर्न लागेको मेयर ढुङ्गानाले बताउनुभयो ।
निलकण्ठ नगरपालिकाले निर्माण गर्ने अक्सिजन प्लान्ट कति क्षमताको बन्ने भन्ने बारे भने टुङ्गो लागिसकेको छैन । अक्सिजन प्लान्ट कहा निर्माण गर्ने, कति क्षमताको बनाउने, कति लागतमा कहिलेसम्म निर्माण सम्पन्न गर्ने भन्नेबारेमा छलफल गर्न प्राविधिक टोली भोलि धादिङ आउने र भोलि नै सबै कुराको टुङ्गो लाग्ने उहाले बताउनुभयो ।