आइतवार, जेष्ठ २१, २०८० | Sunday 4th June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • अक्सिजन वितरण अब स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत हुने
भर्खरै

अक्सिजन वितरण अब स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत हुने

  • सिधा दृष्टी शुक्रबार, बैशाख ३१, २०७८ | May 14, 2021

काठमाडौं । अस्पतालमा मेडिकल प्रयोजनको अक्सिजन वितरण अब स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत हुने भएको छ ।

यसअघि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले अस्पताल अनुसार कोटा तोकेर अक्सिजन वितरण गर्दै आएको थियो

तर माग र बिरामीको संख्याका आधारमा अक्सिजन नपाएको भन्दै धेरै निजी अस्पतालले बिरामी भर्ना बन्द गरेका थिए । कतिपय अस्पतालले अक्सिजन सकिएको भन्दै उपचाररत बिरामी नै जबर्जस्ती डिस्चार्ज गरेका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अक्सिजन वितरणको व्यवस्था मन्त्रालयले गर्ने बताए । बिरामी संख्याका

आधारमा अक्सिजन सहज बनाउन कोटा तोक्नैपर्ने भन्दै उनले यो काम अब मन्त्रालयले गर्ने बताए ।

मन्त्रालयले अक्सिजनको आकस्मिक व्यवस्थापनका लागि उच्चस्तरीय टोली नै बनाएको छ । प्रवक्ता डा. गौतमले अस्पतालमा बिरामीको संख्या, आईसीयू, भेन्टिलेटर, एचडीयू बेडका आधारमा अक्सिजन वितरण गरिने बताए । ‘सीसीएमसीका मान्छेलाई आइडिया भएन, त्यसैले अक्सिजन व्यवस्थापन हामी नै गर्छौं’ उनले भने ।

अब अस्पतालहरुले बिरामीको संख्या स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दिनुपर्ने र त्यही संख्याको आधारमा अक्सिजन उपलब्ध गराइने प्रवक्ता डा. गौतमले बताए । ‘जहाँ धेरै बिरामी छ, त्यो अस्पतालले धेरै पाउँछ, कम बिरामी हुनेले कम पाउँछ’ उनले भने ।

मन्त्रालयको स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाइका प्रमुख डा. समीरकुमार अधिकारीले शुक्रबार विज्ञप्ति जारी गरी अस्पतालहरुले विगतमा लिने उद्योगबाटै अक्सिजन पाउने व्यवस्था मिलाउने बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय