सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा ३० जना कोरोना संक्रमितको मृत्यु
भर्खरै

सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा ३० जना कोरोना संक्रमितको मृत्यु

  • सिधा दृष्टी शुक्रबार, बैशाख ३१, २०७८ | May 14, 2021

सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा, दार्चुला, बझाङ, अछाम र बाँकेका गरेर ३० जना संक्रमितको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार सबैभन्दा धेरै कैलालीमा १२ जना, कञ्चनपुरमा ८ जना, डडेल्धुराका ३ जना, दार्चुलाका २ जना, अछामका २ जना, डोटी, बझाङ र बाँकेका १/१ जना संक्रमितको मृत्यु हो ।

यो सँगै प्रदेशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ सय १७ पुगेको छ ।

यस्तै प्रदेशभर बितेको

२४ घण्टामा ९ सय ६४ जना कोरोना संक्रमित थपिएका छन् । एन्टिजेन र पीसीआर विधिबाट दुई हजार ६ जनाको नमूना परीक्षण गर्दा ९ सय ६४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

शुक्रबार प्रदेशका विभिन्न जिल्लाका २ सय १३ जना संक्रमणमुक्त भएका निर्देशनालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय