सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • मोरङमा दोस्रो पटक जेठ ११ गतेसम्म निषेधाज्ञा थप
भर्खरै

मोरङमा दोस्रो पटक जेठ ११ गतेसम्म निषेधाज्ञा थप

  • सिधा दृष्टी शुक्रबार, बैशाख ३१, २०७८ | May 14, 2021

विराटनगर । मोरङमा दोस्रो पटक निषेधाज्ञा थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले जेठ ११ गतेसम्म निषेधाज्ञा थप गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए ।

यसअघि वैशाख २४ गतेदेखि जेठ १ गते राती १२ बजेसम्‍म निषेधाज्ञा जारी गरिएको थियो । कोरोना संक्रमणको फैलावट रोक्न आगामी जेठ ११ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञालाई निरन्तरता दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिए ।

निषेधाज्ञा अवधिमा सरकारले सञ्चालन गरेका बाहेक निजी क्षेत्रले सञ्चालन गरेको भौतिक निर्माणलाई

रोक लगाइएको छ । भौतिक निर्माणमा प्रयोग हुने सामाग्रीको ढुवानीका लागि पनि विहान १० बजेसम्मको मात्रै समय तोकिएको छ ।

प्रशासनले उद्योग क्षेत्रमा पनि कडाई गर्ने निर्णय गरेको छ । यस अघि औद्योगिक मजदुरलाई घरबाट उद्योगसम्म जान छुट थियो । जेठ १ गतेबाट उद्योगकै आवास गृहमा रहेका मजदुर प्रयोग गरेर मात्रै उद्योग सञ्चालन गर्न निने निर्णय भएको हो ।

बाहिरी मजदुरको आवत–जावत रोक्ने निर्णय भएको उनले बताए । प्रशासनले खाद्यान्य सागसब्जी, दूधलगायत अत्यावश्यक बस्तुतको विक्रीका लागि विहान १० बजेसम्मको समय तोकेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय