सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • माटोको ढिस्कोले पुरिएर आमाछोराको मृत्यु
भर्खरै

माटोको ढिस्कोले पुरिएर आमाछोराको मृत्यु

  • सिधा दृष्टी शुक्रबार, बैशाख ३१, २०७८ | May 14, 2021

बागलुङको निसीखोला गाउँपालिका-२ फलाँटेचौरमा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको छ । फलाँटेचौरमा घर पोत्ने माटो लिन पुगेका सोही वडास्थित रातमाटाका ३३ वर्षीया भवी कुवँर र उनका छोरा १४ वर्षका सुरेशको पुरिएर मृत्यु भएको वडाध्यक्ष कुविर विश्वकर्माले जानकारी दिनुभयो । घटना दिउँसो साढे दुई बजे भएको हो । मृत्यु हुने एकाघरका आमाछोरा रहेको प्रहरी निरीक्षक विजय भण्डारीले बताउनुभयो ।

अहिले इलाका प्रहरी कार्यालय झिवाखोलाका प्रहरी प्रमुख जयराम वन्तसहितको टोली घटनास्थलमा पुगेको छ । प्रहरी र स्थानीयवासीको सक्रियतामा माटोले पुरिएका

शव निकालिएको प्रहरी निरीक्षक भण्डारीले बताउनुभयो । शव परीक्षण गरी अन्त्येष्टिका लागि तयारी गरिएको बताइएको छ ।

मृतक भवीका श्रीमान् रोजगारीका क्रममा भारतमा रहेको परिवारले बताएको छ । उहाँका अरु दुई छोरा रहेको स्थानीयवासीले बताएका छन् । रासस

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय