सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • देउवाले पठाए गृहजिल्लामा स्वास्थ्य-सामग्री
भर्खरै

देउवाले पठाए गृहजिल्लामा स्वास्थ्य-सामग्री

  • सिधा दृष्टी शुक्रबार, बैशाख ३१, २०७८ | May 14, 2021

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुरामा स्वास्थ्य-सामग्री पठाएका छन् । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि देउवाले संक्रमणको जोखिम व्यवस्थापनका लागि पहिलो चरणमा स्वास्थ्य-सामग्री डडेल्धुरा पठाएका हुन् ।

देउवाको सचिवालयबाट पठाइएका स्वास्थ्यसामग्री शुक्रबार जिल्ला समन्वय समिति प्रमुख गणेशराज भट्टले विपद व्यवस्थापन समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेलाई हस्तान्तरण गरेका छन् । देउवाको सचिवालयले पठाएका स्वास्थ्य–सामग्रीमा बेड हाफ फोल्ड गर्न मिल्ने मेट्रेससहित १५ थान, बेडलकर १५ थान, आई.भी. स्टेण्ड १५ थान, पिपिई ८५ थान र केही आवश्यक

औषधीहरू रहेका छन् ।

आवश्यकताअनुसार विपद व्यवस्थापन समितिले स्वास्थ्य सामग्री स्वास्थ्य कार्यालयमार्फत वितरण गर्ने जनाएको छ । पहिलो चरणमा स्वास्थ्य सामग्री जिल्ला पुगेको र अन्य सामग्रीहरू पनि पुग्ने क्रममा रहेको जिल्ला समन्वय समिति प्रमुख भट्टले बताए ।

गत वर्ष लकडाउनमा खाद्यान्न सामग्री पठाएका देउवाले यस वर्ष स्वास्थ्य-सामग्री पठाएको उनले जानकारी दिए ।

संघीय सरकारको मातहतमा रहेको सुदूरपश्चिम प्रदेशको एक मात्र अस्पताल डडेल्धुरा अस्पतालमा दक्ष जनशक्ति कम रहेको र अक्सिजन प्लान्टको पनि स्तरोन्नति नगरिएकाले यसको उचित व्यवस्थापनका लागि प्रयास भइरहेको उनले जानकारी दिए ।


फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय