सोमवार, जेष्ठ २२, २०८० | Monday 5th June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • कोरोना संक्रमणको जोखिम बढेका कारण चौपट पढाई
भर्खरै

कोरोना संक्रमणको जोखिम बढेका कारण चौपट पढाई

  • सिधा दृष्टी शुक्रबार, बैशाख ३१, २०७८ | May 14, 2021

 

कोरोना भाइरस संक्रमणको जोखिम बढेका कारण फेरि शिक्षण संस्था बन्द भएपछि विद्यार्थी घरमै बस्नुपरेको छ । सरकारले वैकल्पिक कक्षाका रुपमा अनलाइनबाट पठनपाठन जारी राख्न भने पनि धादिङ लगायत्का पहाडी क्षेत्रमा भने यो सम्भव हुन सकेको छैन ।

कोरोना संक्रमणको जोखिमका कारण अघिल्लो शैक्षिक सत्रमा करिब ६ महिना बन्द रहेका शिक्षण संस्था चालू शैक्षिक सत्र नसकिदै पुनः बन्द गर्नुपर्ने अवस्था आयो । बाध्यात्मक परिस्थिती सिर्जना भएपछि विद्यार्थीहरु घरको चौघेरामा सीमित हुनुपरेको छ ।

सरकारले वैकल्पिक शिक्षाका रुपमा अनलाइन माध्यमबाट पठनपाठन

जारी राख्न निर्देशन गरेपनि विद्युत र इन्टरनेट अभावमा धादिङ लगायतका पहाडी जिल्लामा भने यो सहज छैन।सञ्चारको आधारभूत सुविधासमेत उपलब्ध नभएका ग्रामिण भेगमा भर्चुअल कक्षा प्रविधिक हिसाबले पनि सम्भव छैन । देशभरका शैक्षिक संस्था ठप्प भएपछि जिल्लाबाहिर अध्ययन गरिरहेका विद्यार्थी पनि यतिबेला घर फर्किएका छन् । विद्युत, टेलिफोन, इन्टरनेटजस्ता सुविधा उपलब्ध नहुँदा अनलाईन कक्षा प्रभावित भएको छ । यतिबेला अभिभावकलाई कोरोना संक्रमणको भय त छ नै, सँगसँगै आफ्ना सन्ततिको भविष्यको पनि चिन्ता थपिएको छ ।

शैक्षिक संस्थाहरु खुलेर भौतिक रुपमा विद्यार्थी उपस्थित गराई पठनपाठन सुचारु हुन अब कति समय लाग्ने हो यकिन छैन । यस्तो अवस्थामा विकल्प भनेको अनलाइन कक्षा र घरमा अग्रज तथा अभिभावकको सहयोग लिएर  स्वध्ययनमा जुट्ने नै हो ।

बन्द भएका शिक्षण संस्था महामारीको जोखिम कम भएपछि मात्रै खुल्ने निश्चित छ । तबसम्म घर मै बसेर के–कसरी हुन्छ आफ्नो पठन पाठनलाई जारी राख्न विद्यार्थी स्वयंको सक्रियता जरुरी छ । यसका लागि घरका अभिभावकसँगै सम्पर्कमा रहेका शिक्षकको पनि सहजीकरण आवश्यक छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय