शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • सांसदहरूलाई कोरोनाविरुद्धको खोपको दोस्रो डोज लगाउन सुरु
भर्खरै

सांसदहरूलाई कोरोनाविरुद्धको खोपको दोस्रो डोज लगाउन सुरु

  • सिधा दृष्टी शुक्रबार, बैशाख ३१, २०७८ | May 14, 2021

प्रतिनिधि र राष्ट्रियसभा सदस्यहरूलाई कोरोनाविरुद्धको खोपको दोस्रो डोज लगाउन सुरु गरिएको छ ।

संघीय संसद सचिवालयले नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा सांसदहरूलाई शुक्रबारदेखि कोरोनाविरुद्धको खोपको दोस्रो डोज लगाउने व्यवस्था गरेको हो ।

शुक्रबारका लागि प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्षलगायत दुवै सदनका सांसदहरू र पदाधिकारीहरूका निजी सचिवालयका सबै कर्मचारीका लागि खोप लगाउने व्यवस्था मिलाइएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार बिहान संसद भवन पुगेर कोभिडसिल्ड खोपको दोस्रो डोज लगाएका छन् । कोरोनाविरुद्धको खोपको दोस्रो डोज शनिबार र आइतबार पनि लगाउन

सकिने व्यवस्था संसद सचिवालयले मिलाएको छ ।

संसद सचिवालयले बिहान १० बजेदेखि ४ बजेसम्म खोप लगाइने जनाएको छ । त्यसैगरी शनिबार संघीय संसद सचिवालयका सम्पूर्ण कर्मचारी, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र नयाँबानेश्वरमा कार्यरत सम्पूर्ण कर्मचारी, आइतबार स्वकीय सचिवलगायतका सबै कर्मचारी, मर्यादापालक, सुरक्षासँग सम्बन्धित सबै कर्मचारी, संसदीय मामिलाका सबै पत्रकारलाई खोपको दोस्रो डोज लगाइने छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय