मङ्लबार, साउन २४, २०७९ | Tuesday 9th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • अमेरिकी विदेशमन्त्री र रसियाका विदेशमन्त्रीबीच भेटवार्ता तय
भर्खरै

अमेरिकी विदेशमन्त्री र रसियाका विदेशमन्त्रीबीच भेटवार्ता तय

  • सिधा दृष्टी शुक्रबार, बैशाख ३१, २०७८ | May 14, 2021

संयुक्तराज्य अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रसियाली विदेशमन्त्री सर्गेई लाभारोभलाई फोन गरी आइसल्यान्डमा यही मे २० मा हुने आर्कटिक काउन्सिल मन्त्रिस्तरीय बैठकमा सहभागी हुने बारेमा छलफल गरेका छन् ।

फोनवार्तामा दुवै कुटनीतिज्ञले आफूहरु उक्त बैठकमा दुई देशबीचको सम्बन्धका बारेमा छलफल गर्न राजी भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

सिन्ह्वाले जनाएअनुसार मन्त्रालयले जारी गरेको विज्ञप्तिमा अमेरिकी विदेशमन्त्री ब्लिन्केनले अमेरिकी नागरिकको सुरक्षा एवं अमेरिकी चासोका विषयलाई प्रतिरक्षा गर्न राष्ट्रपति बाइडेनको प्रतिबद्धताका बारेमा रसियाका विदेशमन्त्रीसमक्ष कुरा राखेको उल्लेख छ ।

बुधबार

भएको टेलिफोन वार्ताृमा विदेशमन्त्री ब्लिन्केनले हाल रसियाको हिरासतमा राखिएका आफ्ना दुई पूर्व सैनिकहरु पल ह्वीलान र ट्रेभोर रीडलाई तत्काल मुक्त गर्न रसियासमक्ष अनुरोध गरेका थिए । उहाँले उत्तर कोरिया मामिलासम्बन्धी अमेरिकी नीतिका बारेमा पनि रसियाका विदेशमन्त्री लाभरोभलाई जानकारी गराउनु भएको थियो ।

आइसल्यान्डमा हुने ब्लिन्केन र लाभरोभबीचको प्रत्यक्ष भेटवार्ता राष्ट्रपति बाइडेनले राष्ट्रपतिको पद सम्हालेयता पहिलो पटक हुन लागेको हो ।

राष्ट्रपति बाइडेनले गत साता जुनमा आफूले युरोप भ्रमण गर्दा रसियाका राष्ट्रपति भ्लालिमिर पुटिनसँग पनि भेटघाट गर्ने बताएका थिए । राष्ट्रपति बाइडेन बेलायतमा सम्पन्न हुने सात प्रमुख औद्योगिक राष्ट्रहरु (जी–७) को शिखर सम्मेलन र बेल्जियमको ब्रसेल्समा हुने नेटो शिखर बैठकमा सहभागी हुने कार्यक्रम छ ।

रसियाका विदेशमन्त्री लाभरोभले मङ्गलबार अजरबैजान भ्रमणका क्रममा अमेरिकाले जुनमा रसियाको उच्च नेतृत्वसँग गर्न लागेको भेटवार्तालाई आफूहरुले निकै स्वागतयोग्य कदमका रुपमा लिएको बताएका थिए ।

अमेरिका र रसियाबीचको सम्बन्ध केही वर्षदेखि निकै तिक्ततापूर्ण रहिआएको छ । दुवै मुलुकबीच युक्रेन, मानव अधिकार, साइबर सुरक्षा र एकअर्का मुलुकको आन्तरिक मामिलामा हस्तक्षेपलाई लिएर मतभेद हुँदै आएको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय