शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • प्रतिबन्धित खैरो हिरोइनसहित दुई पक्राउ
भर्खरै

प्रतिबन्धित खैरो हिरोइनसहित दुई पक्राउ

  • सिधा दृष्टी शुक्रबार, बैशाख ३१, २०७८ | May 14, 2021

प्रतिबन्धित लागुऔषध खैरो हिरोइन ल्याउँदै गरेका दुई जनालाई सशस्त्र प्रहरीले बिहीबार साँझ कन्चनपुरको बेलौरी नगरपालिका-१० भुडा थापाचोकबाट पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरका अनुसार पक्राउ पर्नेमा भीमदत्त नगरपालिका-६ ऐठपुरका वर्ष ३० का असोक सुनार र सोही ठाउँका वर्ष २० का केशव चन्द रहेका छन् ।

पक्राउ परेका दुवै जनाको साथबाट ८ दशमलव ६९० ग्राम खैरो हिरोइन बरामद भएको छ ।

भारतबाट से४प ७५२७ नम्बरको मोटरसाईलमा नेपालतर्फ

आउँदै गरेका बेला दुवै जना पक्राउ परेका हुन् । पक्राउ परेका दुवैलाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय बेलडाँडीमा बुझाइएको छ । एक हप्तामै सशस्त्र प्रहरी र नेपाल प्रहरीले गरी लागु औषधसहित आठ जनालाई पक्राउ गरिसकेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय