आइतवार, जेष्ठ २१, २०८० | Sunday 4th June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • पर्यटन
  • आन्तरिक उडान अनिश्चितकालका लागि बन्द
पर्यटन

आन्तरिक उडान अनिश्चितकालका लागि बन्द

  • सिधा दृष्टी बिहिबार, बैशाख ३०, २०७८ | May 13, 2021

कोरोना महामारीका कोरण दर्साउदै नागरिक उड्डयन प्राधिकरणले व्यवसायिक आन्तरिक उडान अनिश्चितकालका लागि बन्द गरेको छ ।

नागरिक उड्डयन प्राधिकरणको उडान अनुमति शाखाका उप–प्रबन्धक ज्ञानेन्द्र भुलले बिहीबार कोरोना महामारीको कारण दर्साउँदै अर्को सूचना नआउञ्जेलसम्मका लागि आन्तरिक उडान बन्द गरिएको जनाएका छन् ।

सरकारले वैशाख २० गतेदेखि आन्तरिक उडानमा रोक लगाएको थियो । तर प्राधिकरणले आन्तरिक रुटमा भने आपतकालीन उद्धार, कार्गो तथा हेलिकप्टर चार्टरलाई भने परिस्थिती अनुसार अनुमति दिइने जनाएको

छ ।

प्राधिकरणले मंगलबार दोस्रोपटक सूचना निकाल्दै नेपालबाट र नेपालका लागि हुने सबै व्यवसायिक अन्तर्राष्ट्रिय उडान जेठ १७ गते राति ११:५९ बजेसम्मलाई रोकेको छ । यसअघि स्थानीय सरकारले निषेधाज्ञा लागू गरेकाले वैशाख २३ गते राति ११:५९ बजेदेखि वैशाख ३१ गते शुक्रबार रातिसम्म गरी ८ दिनका लागि व्यवसायिक अन्तर्राष्ट्रिय उडानमा रोक लगाइएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय