अहिले देश चरम आर्थिक बन्दिमा छ । आर्थिक कारोवारहरु हुने अवस्था सिमित मात्रामा छन् । देशमा आर्थिक कारोवार नहुँदा र त्यसबाट पर्न सक्ने असर बारे सहकारी क्षेत्र पनि टाढा छैन् । आर्थिक सन्तुलन तन्दुरुस्त राख्न बचत चलायमान हुनु जरुरी छ ।
यसरी आफनो तानाबुनालाई केही क्षणको पाखा लगाउँदै काठमाडौं महानगरपालिका–२९ मैतीदेवीमा रहेको गौथली बचत तथा ॠण सहकारी संस्थाले आफना शेयर धनी सदस्यहरु र कार्यालय वरपरका सुरक्षाकर्मीहरुलाई इंगित गर्दै निशुःल्क स्वास्थ्य सामाग्री वितरण गरेको छ ।संस्थाका कार्यकारी संचालक चेतन न्यौपाने भन्छन्
, ‘देश नै संक्रमित अवस्थामा छ । यस्तो अवस्थामा यसबाट बच्नको लागि गरिएको सानो अभियान मात्र हो यो’ ।
सहकारीले स्वास्थ्य सामाग्रीका विभिन्न साधनहरु उपलब्ध गराएको छ । भने १७ सय शेयर सदस्यहरु, कर्मचारी र सुरक्षाकर्मीलाई गरेर २ हजार प्याकेट सामाग्री बितरण गरेको छ ।संस्थाका प्रमुख कार्यकारी संचालक चेतन न्यौपानेको अनुसार “हाल देश नै संक्रमित छ । यस्तो अवस्थामा यस संक्रमणबाट बच्नको लागि हामीले सामाजिक दुरी, पालैपालो कार्यालय उपस्थित, मास्क, सेनिटाइजर, साबुनको प्रयोग लगायत अन्य सावधनिह? त अपनाएका छौ तर यस संकटबाट आफु सुरक्षित रहने संग–संगै आफ्ना शेयर सदस्यहरू, कर्मचारी र सुरक्षाकर्मिहरूको सुरक्षा पनि महत्वपुर्ण हो भन्ने सोचेर यस संस्थाका सम्पूर्ण शेयर सदस्यहरू , कर्मचारी र सुरक्षाकर्मिहरूको लागि स्वास्थ्य सामग्री प्याकज बनाएका हौं ।
संस्थाले यस अघि पनि विभिन्न समयमा सामाजिक कार्य गर्दै आएको छ । अघिल्लो लकडाउनमा पनि औषधी छर्कने, दुर्गम स्थानह?मा स्वास्थ्य सामग्री सहयोग गर्ने लगायतसदस्यहरुको सुख दुःखमा यसप्रकारको कार्य सबै सहकारी संस्थाले गर्ने हो भने संस्था र सदस्य दुवै सबल बन्न समय नलाग्ने भन्दै थिए, संस्थाका अध्यक्ष दिपेश कार्की देश संकटमा रहेको अवस्थामा सम्पूर्ण बित्तिय संस्था, सहकारी संस्था, सामाजिक संस्था एवं व्यक्ति व्यक्ति अग्रसर हुने हो भने यस प्रकारको विषम परिस्थितिलाई परास्त गर्न समय लाग्ने छैन ।