आइतवार, जेष्ठ २१, २०८० | Sunday 4th June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • निजी अस्पतालले १५ दिनभित्र अक्सिजन प्लान्ट राख्नुपर्ने
भर्खरै

निजी अस्पतालले १५ दिनभित्र अक्सिजन प्लान्ट राख्नुपर्ने

  • सिधा दृष्टी बुधबार, बैशाख २९, २०७८ | May 12, 2021

काठमाडौं । कम्तीमा १०० बेड क्षमता भएका निजी तथा सामुदायिक अस्पतालहरुले अक्सिजन प्लान्ट जडान गर्नुपर्ने भएको छ ।

कोरोना संक्रमण बढेसँगै अक्सिजन अभाव देखिएको छ र थुप्रै निजी अस्पतालले नयाँ संक्रमित भर्ना नलिने घोषणा गरेका छन् । धेरै निजी अस्पतालमा अक्सिजन प्लान्ट छैन । सरकारले अस्पतालहरुको कोटा तोकेपछि कोटा अनुसारको अक्सिजनले नपुग्ने भन्दै अस्पतालहरुले नयाँ बिरामी भर्ना नलिने घोषणा गरिरहेका छन् ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कम्तीमा १०० बेड भएका निजी तथा सामुदायिक अस्पतालहरुले १५ भित्र अक्सिजन प्लान्ट स्थापना गर्नुपर्ने निर्णय गरेको प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय