शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • नेता चौलागाईंको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
भर्खरै

नेता चौलागाईंको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

  • सिधा दृष्टी बुधबार, बैशाख २९, २०७८ | May 12, 2021

प्रधानमन्त्री केपी शर्मा ओलीले वाग्मती प्रदेशसभाका सदस्य तथा नेकपा (एमाले)का केन्द्रीय कमिटी सदस्य पशुपति चौलागाईंको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

आज एक विज्ञप्ति जारी गरी प्रधानमन्त्रीले यस दुःखद घडीमा चौलागाईंप्रति श्रद्धासुमन अर्पण गर्दै निधनबाट शोकमा परेका आफन्त, परिवारजन र शुभेच्छुकप्रति समवेदना प्रकट गरेका हुन् ।

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले चौलागाईंको निधनबाट पार्टीले एक असल र निष्ठावान् नेता तथा दोलखाका जनताले इमान्दार जनप्रतिनिधि गुमाएको उल्लेख गरेका छन् ।

कोभिड–१९ को सङ्क्रमणले मङ्गलबार नेता चौलागाईंको निधन भएको थियो

। भद्र, शालीन, मिलनसार छवि बनाउनुभएका चौलागाईंले जनताप्रति समर्पित जनप्रतिनिधिको भूमिका निर्वाह गरेका प्रधानमन्त्रीले उल्लेख गरे ।

प्रधानमन्त्रीको विज्ञप्तिमा भनिएको छ, ‘एमालेको नेतृत्वमा भएको मुलुकको लोकतान्त्रिक, प्रगतिशील आन्दोलन र समृद्ध मुलुक निर्माणको अभियानमा उहाँले पुऱ्याउनुभएको योगदानलाई पार्टीले सधैँ स्मरण गर्नेछ ।’

चौलागाईं प्रतिनिधिसभा सदस्य, संविधानसभा सदस्य र तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घ नेपालको अध्यक्षसमेत रहेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय