बुर्तिबाङबाट ढोरपाटनतर्फ जाँदै गरेको ध १ ज ५२८ नम्बरको ट्याक्सी ढोरपाटन नगरपालिका– ५ प्याङखोलास्थित घुम्तीमा दुर्घटना भएको हो ।
ट्याक्सी दुर्घटना हुँदा चालक ३५ वर्षीय ढालबहादुर थापा र ढोरपाटन नगरपालिका– ५ का ४० वर्षीय जोकबहादुर विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका इन्चार्ज प्रहरी निरीक्षक जयराम वन्तले जानकारी दिए ।
दुर्घटनाको कारण भने
खुल्न सकेको छैन ।
दुर्घटनामा सोही स्थानकी ३८ वर्षीय रतिकला विक घाइते भएको वन्तको भनाइ छ । घाइते विकलाई उद्धार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।