सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • अक्सिजन नपाएर दाङमा एकैदिन आठ जनाको मृत्यु
भर्खरै

अक्सिजन नपाएर दाङमा एकैदिन आठ जनाको मृत्यु

  • सिधा दृष्टी बुधबार, बैशाख २९, २०७८ | May 12, 2021

दाङमा अक्सिजनको अभाव हुँदा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचारत कोरोना संक्रमितको अक्सिजन अभावका कारण वितेको चौविस घण्टामा ८ जनाको मृत्यु भएको अस्पतालका व्यवस्थापक दोर्ण बहादुर वलीले जानकारी दिए । दाङमा एक सय मात्रै अक्सिजन सिलिण्डर आपूर्ति भएपछि अक्सिजन अभावमा ८ जनाको मृत्यु भएको व्यवस्थापक वलीले जानकारी दिए ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिकाभित्रका ५ जना, घोराही उपमहानगरपालिका १ जना, गढवा गाउँपालिका १ र दङिशरन गाउँपालिका गरेर २ महिला र ६ पुरुष ८ जना

रहेछन् ।

यस अघि दाङमा दैनिक ४ सय सिलिण्डर आउने गरेको थियो । बेलझुण्डीलाई मात्रै दैनिक ३ सय बढी अक्सिजन सिलिण्डर आवश्यक पर्ने वलीले बताए ।

‘अक्सिजन अभावमा दैनिकजसो कोरोना संक्रमित बिरामीको मृत्यु हुन थाल्यो,’ व्यवस्थापक वलीले भने ‘यो हत्तेपाप हामी हेर्न सक्दैनौ । एक हजार व्याकप सिलिण्डर नहुँदासम्म संक्रमितलाई इन्ट्रि हुनदिदैनौ ।’ यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय