शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • कपिलवस्तु अस्पतालमा बेड र अक्सिजनको अभाव कहालीलाग्दो !
भर्खरै

कपिलवस्तु अस्पतालमा बेड र अक्सिजनको अभाव कहालीलाग्दो !

  • सिधा दृष्टी बुधबार, बैशाख २९, २०७८ | May 12, 2021

नयाँ भेरियन्टको कोभिड-१९ को संक्रमण दर ह्वात्तै बढेपछि कपिलवस्तु अस्पतालमा अक्सिजनको अभाव भएको छ । कोरोना संक्रमण दर उच्च भएसँगै अस्पतालहरूमा बेड र अक्सिजनको अभाव पनि बढेको हो । अस्पतालमा उपचाररत बिरामी अक्सिजन अभावका कारण आत्तिन थालेका छन् । आपुर्ति र व्यवस्थापनमा सरकारले ध्यान नदिएपछि अक्सिजनको अभाव कहालीलाग्दो देखिन पुगेको छ ।

कपिलवस्तु अस्पतालमा बिरामीहरुका लागि अक्सिजनको एकदमै अभाव भएको पीडितहरु बताउँछन् । अक्सिजनको अभावका कारण बिरामीहरु छटपटइरहेका छन् । यदि छिटोभन्दा छिटो सरकारले अक्सिजनको व्यवस्था गर्न सकेन भने ठुलो

संख्यामा बिरामीको मृत्यु हुने निश्चित नै रहेको पीडितका परिजनहरु बताउँछन् ।

कपिलवस्तुको कोरोना अस्थाई अस्पताल, कपिलवस्तु अस्पताल र आइसीयूमा रहेको बिरामीलाई अक्सिजनको अभाव भएको अस्पतालका व्यवस्थापक रत्नकर शुक्लले बताए । अक्सिजनको आपुर्ति जति हुनुपर्ने हो त्यति नपाएको अवस्था रहेको उनको भनाइ छ । अस्पतालसँग जति अक्सिजनको सिलिन्डर हुनुपर्ने हो त्यति नभएको अवस्था रहेको खुलासा गर्दै उनले प्रत्येक दिन ७० वटा सिलिन्डरको आपूर्ति भयो भने अस्पतालमा आउने बिरामीको अवस्थामा सुधार गर्न सकिने जानकारी दिए ।अक्सिजनको व्यवस्थापन संघ, प्रदेश र स्थानीय तहले समयमा गर्न सकेनन् भने अवस्था छन् दयनिय हुन जान्छ ।

यसैबीच, कोरोना संक्रमणबाट कपिलवस्तुमा पछिल्लो २४ घण्टामा ७ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार पछिल्लो २४ घण्टामा ७ जनाले ज्यान गुमाएका हुन् ।

मृतकमध्ये एक जनाको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा र अर्का एकको होम आइसोलेसनमै मृत्यु भएको हो । अन्यको भने जिल्लाका विभिन्न आइसोलेसनमा ज्यान गएको हो । यस्तै, बुधबार जिल्लामा थप ७६ संक्रमित थपिएका छन् भने ४२ जना निको भएका छन् । योसंगै जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८३ पुगेको छ भने ११ सय ७७ सक्रिय संक्रमित रहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय