कोरोना संक्रमणपछि उपचार गराइरहेका नेकपा एमालेका नेता तथा बागमती प्रदेशसभा सदस्य पशुपति चौलागाईंको निधन भएको छ ।
चार दिनअघि उपचारार्थ मनमोहन अस्पतालमा भर्ना भएका नेता चौलागाईंको मंगलबार साँझ निधन भएको हो ।
गत निर्वाचनमा दोलखा (ख)बाट वागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका चौलागाईं एमालेका प्रभावशाली नेता मानिन्थे ।
५८ वर्षीय चौलागाईंका श्रीमतीसहित तीन सन्तान छन् ।