शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • नेपाल सुपर लिग : धनगढी फाइनलमा प्रवेश
भर्खरै

नेपाल सुपर लिग : धनगढी फाइनलमा प्रवेश

  • सिधा दृष्टी मङ्लबार, बैशाख २८, २०७८ | May 11, 2021

धनगढी नेपाल सुपर लिग (एनएसएल)को फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो प्लेअफमा काठमाडौं रेजर्सलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै धनगढी फाइनल पुगेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा धनगढीलाई जित दिलाउन पुजन उपरकोटी र विशाल राईले एक-एक गोल गरे । काठमाडौंका तेज तामाङले एक गोल फर्काए ।

 

खेलको निर्धारित ९० मिनेटको समय १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो ।

अतिरिक्त समयमा मार्की खेलाडी विशाल चम्किएपछि धनगढी फाइनल पुगेको हो । धनगढीसँग पराजित काठमाडौंले

अब फाइनल प्रवेशको लागि इलिमिनेटर खेल खेल्नेछ ।

इलिमिनेटरमा काठमाडौंले ललितपुर सिटी र बुटवल लुम्बिनी एफसीबीचको विजेतासँग खेल्नेछ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय