शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • टेकु अस्पतालले रोक्यो कोरोनाको पीसीआर परीक्षण
भर्खरै

टेकु अस्पतालले रोक्यो कोरोनाको पीसीआर परीक्षण

  • सिधा दृष्टी मङ्लबार, बैशाख २८, २०७८ | May 11, 2021

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुले कोरोना भाइरसको पीसीआर विधिबाट परीक्षण स्थगित गरेको छ ।

विशेष कारणबस अर्को व्यवस्था नभएसम्मका लागि अस्पतालबाट गरिँदै आएको पीसीआर परीक्षण कार्य बन्द गरिएको अस्पतालले जनाएको छ ।

‘किटको अभाव भएर केही दिनको लागि स्थगित गरेका हौँ,’ अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले भने, ‘किट आएपछि फेरि सुरु गर्छौँ ।’
टेकु अस्पतालले हाल क्षमताभन्दा बढी कोभिडका बिरामीको उपचार गर्दै आएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय