शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • ट्रकले ठक्कर दिँदा मण्डल-दम्पतीको मृत्यु
भर्खरै

ट्रकले ठक्कर दिँदा मण्डल-दम्पतीको मृत्यु

  • सिधा दृष्टी मङ्लबार, बैशाख २८, २०७८ | May 11, 2021

दुर्घटनामा परी सप्तरीमा एक दम्पतीको मृत्यु भएको छ । हनुमाननगर कङ्कालिनी नगरपालिका-३ पोर्ताहास्थित पूर्व-पश्चिम राजमार्गमा आज बिहान भएको दुर्घटनामा सोही ठाउँ बस्ने ४५ वर्षीय सत्यनारायण मण्डल र उनकी श्रीमती ४० वर्षीया सुनीतादेवी मण्डलको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना६ख ३८६१ नंको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा साइकलमा सवार मण्डल दम्पतीको मृत्यु भएको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालयका डिएस्पी माधवप्रसाद काफ्लेका अनुसार साइकलमा सवार मण्डल दम्पती घाइते भइ

दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल भारदह लैजाने क्रममा दुवै जनाको बाटोमा मृत्यु भएको हो । गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा शव परीक्षण प्रक्रिया शुरु भएको र ठक्कर दिने ट्रक तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय