जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूहरू अर्को सरकार बनाउने पक्षमा नरहेको बताएका छन् ।
सोमबार एक विज्ञप्ति प्रकाशित गर्दै ठाकुरले जसपा र ओली नेतृत्वको सरकरबीचको वार्ता तथा सोअनुसारको प्रगति सकारात्मक रूपले अगाडि बढीरहेको पनि बताएका छन् ।
'वर्तमान राजनीतिक परिस्थितिमा जसपा नेपाल सत्ताको प्राप्तिभन्दा एजेन्डा सम्बोधनको विषयमा केन्द्रित रहेको र मुद्दा सम्बोधन नै जसपा नेपालको मूल ध्येय रहेको अवस्थामा मुद्दाबाट विचलित भै सरकार निर्माण गर्ने, सरकारमा सहभागी हुने वा कुनै पनि किसिमको वैकल्पिक सरकार गठनमा संलग्न हुने कार्य जसपा
नेपालको उद्देश्य विपरीत हो,' ठाकुरद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।