काठमाडौं । चन्द्रागिरि नगरपालिकाले ७५ बेडको आइसोलेसन होल्डिङ सेन्टरको निर्माण गरेको छ । नगरपालिकाको तीन स्थानमा गरि कोरोना संक्रमितका लागि राख्न ७५ बेडको कोभिड आईसोलेसन होल्डिङ सेन्टरको व्यवस्थापन र सञ्चालन कार्य अन्तिम चरणमा पुगेको नगरपालिकाले जानकारी दिएको हो । नगरस्तरीय सामुदायिक अस्पताल मातातीर्थ च न पा ८ मा ३० बेड, नहुदा अस्पताल च न पा १२ मा १५ बेड र थानकोट प्राथमिक अस्पताल र च न पा ३ को नवनिर्मित वडा भवनमा ३० बेड गरि हाललाई ७५ र आवश्यकता अनुसार
थप गर्न सकिने नगरप्रमुख घनश्याम गिरीले उक्त स्थानहरुको निरिक्षण गरी छिट्टै होल्डिङ सेन्टर सञ्जालनमा आउने जानकारी दिनुभयो । नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष सन्तोष खड्का, वडा नम्बर १२ का वडाध्यक्ष प्रकाश श्रेष्ठ, ३ का वडाध्यक्ष दुर्गालाल महर्जन र वडा नम्बर ४ का वडाध्यक्ष कृष्ण प्रसाद खड्गीको विशेष पहलमा सम्बन्धित वडामा उक्त व्यवस्थापन कार्य द्रुत गतिमा सम्पन्न हुन लागिरहेको छ। मंगलवारको अनुगमनमा नगर प्रवक्ता हरिभक्त महर्जन , प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँडका साथै स्वास्थ्यकर्मीहरुको पनि उपस्थिति रहेको थियोे।