बुधबार, अशोज १२, २०७९ | Wednesday 28th September 2022
जोडिनुहोस
Trending
भर्खरै

आज पनि केही स्थानमा पानी पर्ने

  • सिधा दृष्टी मङ्लबार, बैशाख २८, २०७८ | May 11, 2021
A woman shields herself from rain with an umbrella and her son with a raincoat. Kathmandu recorded 5.5mm rainfall in the last 24 hours, according to weather office. Photo: Skanda Gautam/ THT

मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानमा मेघ गर्जन तथा चट्याङसहित वर्षा हुन सक्ने जनाएको छ । देशका पाहडी भू-भागमा बदली हुन सक्ने छ ।

आज राति प्रदेश १ र प्रदेश २ का केही स्थानमा भारी वर्षा हुने महाशाखाले जानकारी दिएको छ ।

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण-पूर्व भू-भागनजिक रहेको पूर्व-पश्चिम फैलिएको न्यून चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्प युक्त हावाको प्रभाव छ ।

भोलि सुदूरपश्चिम तथा गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

देशका पहाडी भू-भागमा बदली हुने महाशाखाले जनाएको छ । भोलि राति प्रदेश १, प्रदेश २, बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

बिहीबार देशभर सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय