सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • पार्टी एकताको दुहाइ दिँदै जसले एमाले पार्टीमाथि नै ‘घात’ गरे…
भर्खरै

पार्टी एकताको दुहाइ दिँदै जसले एमाले पार्टीमाथि नै ‘घात’ गरे…

  • सिधा दृष्टी सोमवार, बैशाख २७, २०७८ | May 10, 2021

प्रधानमन्त्री केपी ओलीले सरकारलाई विश्वासको मत दिन आग्रह गरे पनि पूर्वानुमानअनुसार विश्वासको मत प्राप्त हुन नसकेपछि सत्तासीन दल नेकपा (एमाले) अब औपचारिक तवरले विभाजनको दिशामा गएको छ । पार्टीको ह्वीप उल्लंघन गर्दै माधव नेपाल समूहका अट्ठाइस सांसद विश्वासको मत दिनबाट पन्छिँदै सोमबार संसदमा अनुपस्थित रहे । यसरी आफ्नै दलको सरकारमाथि विश्वास नरहेको सन्देश प्रवाहित गर्दै सरकार विस्थापित गर्न खोज्ने सांसदहरुप्रति रोष प्रकट गर्दै प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले चोटिलो स्टाटस सामाजिक सञ्जालमार्फत सार्वजिनिक गरेका छन् ।

पार्टी निर्देशनको अवज्ञा गरी पार्टीमाथि घात गर्नेहरुको नाम उल्लेख गर्दै थापाले भनेका छन्- ‘अब त वास्तविक मुहार स्पष्ट भयो नि !’

उनको स्टाटस यस्तो छ – ‘केही मान्छेहरूको जिन्दगी विरोधाभाषले भरिएको र रोचक पाइन्छ, आफ्नै पार्टीको सरकारविरुद्ध राजीनामा दिने हल्ला गर्छन्, सांसदहरूलाई तिनैले विरोधमा उकास्छन्, तथानाम बोल्छन्, अहोरात्र पार्टी कब्जा, विखण्डन र विभाजनको कृत्य गर्छन् र पार्टी एकताको आँसु पनि झार्दै तिनैले वार्ताका कलाविहीन नाटक पनि गरेका देखिन्छन् ! सायद यस्तैलाई पाखण्डीपन भनिन्छ होला ?’

आज वैशाख २७ गते पार्टी ह्वीप उल्लंघन गर्नेहरू-
१) योगेश भट्टराई
२) झलनाथ खनाल
३) पवित्रा निरौला खरेल
४) भवानी खापुङ
५) जयकुमार राई
६) यज्ञराज सुनुवार
७) गणेश पहाडी
८) विरोध खतिवडा
९) कृष्णलाल महर्जन
१०) माधवकुमार नेपाल
११) जीवनराम श्रेष्ठ
१२) नारायण खतिवडा
१३) घनश्याम भुसाल
१४) गोकर्ण विष्ट
१५) सोमप्रसाद पाण्डे
१६) मेटमणी चौधरी
१७) झपट रावल
१८) भीमवहादुर रावल
१९) दिपकप्रकाश भट्ट
२०) सुरेन्द्र पाण्डे
२१) रामकुमारी झाँक्री
२२) सरला यादव
२३) पुष्पाकुमारी कर्ण
२४ं) कल्याणी खड्का
२५) निरादेवी जैरु
२६) कलिला खान (उपस्थित भएर भोट नहालेकी)
२७) लक्ष्मीकुमारी चौधरी
२८) मुकुन्द न्यौपाने

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय