काठमाडौं उपत्यकामा आज ३ हजार ६०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार आज काठमाडौंमा सबैभन्दा धेरै संक्रमित थपिएका छन् । आज काठमाडौंमा २ हजार ७७५, ललितपुरमा ५०५ र भक्तपुरमा ३२७ जनामा कोरोना पुष्टि भएको छ ।
काठमाडौंमा अहिलेसम्म १ लाख ४७ हजार ७६२ जनामा कोरोना पुष्टि हुँदा २९ हजार ७१ जना सक्रिय संक्रमित रहेका छन् भने १ लाख १७ हजार ८२८ संक्रमित निको भएका छन् । यहाँ ८६३ जनाको संक्रमणबाट निधन भएको मन्त्रालयको तथ्यांक छ
।
भक्तिपुरमा १४ हजार ४५७ जनामा कोरोना संक्रमण देखिएको छ भने १० हजार १६९ निको भएका छन् । यहाँ ४ हजार ११२ सक्रिय संक्रमित छन् भने १७६ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् ।
ललितपरमा अहिलेसम्म २४ हजार ७९६ जनामा कोरोना देखिएको छ भने १८ हजार २६९ जना संक्रमणमुक्त भएका छन् । यहाँ ६ हजार २८० सक्रिय संक्रमित छन् भने २४२ जनाको संक्रमणबाट मृत्यु भएको छ ।