सोमवार, जेष्ठ २२, २०८० | Monday 5th June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने मन्त्रिपरिषदको निर्णय
भर्खरै

संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने मन्त्रिपरिषदको निर्णय

  • सिधा दृष्टी सोमवार, बैशाख २७, २०७८ | May 10, 2021

सरकारले संसद् अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

विश्वासको मत प्रयोजनका लागि सोमबार संसदको विषेश अधिवेशन बसेको थियो । बैठकमा भएको विश्वासको मत लिने प्रस्तावको मतदानमा प्रधानमन्त्री ओलीले विश्वासको मत पाउन सकेनन् । प्रधानमन्त्रीको विश्वासको प्रस्तावको पक्षमा बैठकमा उपस्थित २३२ मध्ये ९३ मत पर्‍यो । यस्तै, विश्वासको प्रस्तावको विपक्षमा १२४ मत पर्दा मत दिन्न भन्ने पक्षमा १५ मत परेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय