सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • अक्सिजन सिलिन्डर लिन सीडीओको सिफारिस अनिवार्य
भर्खरै

अक्सिजन सिलिन्डर लिन सीडीओको सिफारिस अनिवार्य

  • सिधा दृष्टी सोमवार, बैशाख २७, २०७८ | May 10, 2021

अस्पताल बाहेक व्यक्ति र संस्थाका लागी अत्यावश्यक अक्सिजन प्रमुख जिल्ला अधिकारीको सिफारिस बिना नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले वैशाख २५ मा गरेको निर्णय भन्दै आफूखुसी प्लान्टबाट अक्सिजन नभर्न निर्देशनात्मक सुचना जारी गरेको छ ।

नयाँ भेरियन्टको कोभिड–१९ महामारीको रोकथामका लागी अस्पतालका लागि आवश्यक अक्सिजन उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालयले समन्वय गरिरहेको छ । ‘व्यक्ति र संस्थालाई अति आवश्यक परेको खण्डमा प्रजिअको सिफारिसमा मात्र अक्सिजन उद्योगबाट दिने निर्णय भएको छ’ ललितपुरका सहायक प्रजिअ ललितकुमार बस्नेतले

जारी गरेको विज्ञप्तीमा भनिएको छ–‘उद्योगलाई अनावश्यक दबाव दिएर जबर्जस्ती अक्सिजन सिलिन्डर नभर्न अनुरोध छ ।’

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय