काठमाडौं । शंखरापुर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष बुद्धि बहादुर तामाङ’को निधन भएको छ। वडाध्यक्ष तामाङको उपचारका क्रममा आज दिउँसो निधन भएको नगरपालिकाका प्रवक्ता हितमान तामाङले जानकारी दिनुभयो ।
नगर अस्पतालमा उपचार गराइरहेका बेला वडाध्यक्ष तामाङलाई अप्ठ्यारो भएपछि थप उपचारका लागि नेपाल मेडिकल कलेज लगिएको नगरपालिकाको वडा नं।–७ का अध्यक्ष विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । त्रिचालीस वर्षीय तामाङ मधुमेह रोगबाटसमेत पीडित हुनुहुन्थ्यो ।
उहाँका श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ । साविकको लप्सेफेदी गाविसको वडा नं।–३ निवासी
तामाङ विसं २०७४ को निर्वाचनमा हालको शङ्खरापुर वडा नं।–४ बाट नेपाली काँग्रेसका तर्फबाट निर्वाचित हुनुभएको थियो । उहाँ काँग्रेसको वडा सभापतिसमेत हुनुहुन्थ्यो । तामाङ’को निधन मा युवा सजकता अभियान चन्द्रागिरी नगर संयोजक एवम् नेपाल तरुण दल चन्दागिरि नगर प्रचार प्रसार विभाग प्रमुख का साथै सदभाव नेपाल अध्यक्ष अभिषेक श्रेष्ठले दुख व्यक्त गर्नु भएको छ ।