शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • थकाइ बिर्सेर सेवामा रमाउँदै धादिङ अस्पतालका स्वास्थ्यकर्मी
भर्खरै

थकाइ बिर्सेर सेवामा रमाउँदै धादिङ अस्पतालका स्वास्थ्यकर्मी

  • सिधा दृष्टी सोमवार, बैशाख २७, २०७८ | May 10, 2021

धादिङ अस्पतालमा स्वास्थ्यकर्मीको अभाव भएको छ । अस्पतालमा कार्यरत ४० जना स्वास्थ्यकर्मी कोरोना सङ्क्रमित भएर आइसोलेशनमा बसेका कारण दैनिक उपचारमा समेत समस्या आएको छ ।

नौ दिनसम्म लगातार २४ घण्टासम्म काम गर्दा थकित भए पनि काम नरोकेको धादिङ अस्पतालका स्वास्थ्य सहयोगी कृष्णलाल उप्रेतीले बताएका छन् । पालो दिने स्वास्थ्यकर्मी नभएकोले ९ दिनसम्म २४ घण्टा खटिनुपरेको उप्रेतीको भनाइ छ ।

धादिङ अस्पतालमा हाल दुई स्वास्थ्यकर्मीले ९ दिनदेखि लगातार बिरामीको उपचार गरिरहेका छन् । फिभर क्लिनिकमा आउने र एमर्जेन्सीमा आउने

बिरामीका लागि खटिँदा थकित भएका स्वास्थ्यकर्मी महामारीको समयमा सेवा गर्न पाउँदा खुशी छन् ।

सङ्क्रमित स्वास्थ्यकर्मीसमेत आइसोलेशनमा भएकोले उनीहरूबाटै सेवा दिइरहेको अस्पतालले जनाएको छ । यस्तै धादिङ आइसोेलेशनमा एक जनाको मृत्यु भएको छ । धादिङ अस्पतालबाट सञ्चालित कोभिड १९ अस्थायी अस्पतालमा उपचाररत कोरोना सङ्क्रमितको मृत्यु भएको हो ।

एक साताअघि आइसोलेशनमा स्वासप्रस्वासमा समस्या आएपछि भर्ना गरिएका निलकण्ठ नगरपालिका वडा नम्बर २ का ७५ वर्षीय वृद्धको मृत्यु भएको धादिङ अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट त्रिभुवनचन्द्र झाले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय