सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • संक्रमित सांसदहरुले पनि ‘विश्वासको मत’ लिने कार्यक्रममा मतदान गर्न सक्ने
भर्खरै

संक्रमित सांसदहरुले पनि ‘विश्वासको मत’ लिने कार्यक्रममा मतदान गर्न सक्ने

  • सिधा दृष्टी आइतवार, बैशाख २६, २०७८ | May 9, 2021

संसदको कार्यव्यवस्था समितिको बैठकले कोरोना भाइरसबाट संक्रमित सांसदहरुलाई पनि मत हाल्न पाउने व्यवस्था गर्ने निर्णय गरेको छ। प्रधानमन्त्रीले सोमबार संसदमा ‘विश्वासको मत’ लिने कार्यक्रमका लागि विशेष अधिवेशन बोलाइएको छ ।

अधिवेशन बस्नुअघि सांसदहरुको पिसिआर परीक्षण गरिएको थियो । सो क्रममा दुई दर्जन सांसदको रिपोर्ट पोजेटिभ आएको छ ।

आइतबार बसेको कार्यव्यवस्था समिति बैठकले संक्रमित सांसदहरुलाई अलग्गै राखेर मत दिन पाउने व्यवस्था गर्नुका साथै सोमबार हुने विशेष अधिवेशन विश्वासको मतको कार्यक्रम सम्पन्न गरी सोमबार नै अन्त्य गर्ने निर्णय पनि

गरेको छ।

संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधिहरुसहितको कार्यव्यवस्था समिति बैठकले यी दुई निर्णय गरेको हो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय