शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • कोरोना महामारी नियन्त्रण गर्न माधव नेपालको माग
भर्खरै

कोरोना महामारी नियन्त्रण गर्न माधव नेपालको माग

  • सिधा दृष्टी आइतवार, बैशाख २६, २०७८ | May 9, 2021

कोरोना भाइरसको महामारी चर्किएर परिस्थिति विषम बनेको बेला पनि सत्ता-राजनीतिको खेलमा लिप्त रहेको भनी जनस्तरबाट असन्तुष्टि र गुनासो प्रकट भएपछि प्रधानमन्त्रीका विरुद्ध गतिविधि सञ्चालन गर्दै आएका नेता माधव नेपालले महामारीबाट आक्रान्त जनताप्रति चासो दर्शाएका छन् ।

आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै उनले अत्यावश्यक अक्सिजन तथा अन्य स्वास्थ्य सामग्रीको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । ‘पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता’को हैसियत जनाएर जारी गरिएको १३ बुँदे विज्ञप्तिमा स्वास्थ्य सुरक्षाका सबैखाले मापदण्ड अवलम्बन गर्न समस्त जनसमुदायलाई उनले आग्रहसमेत गरेका

छन् ।

हेर्नुहोस् विज्ञप्ति जस्ताको तस्तै-

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय