सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • विवेकशील साझा पार्टीको महाधिवेशन स्थगित
भर्खरै

विवेकशील साझा पार्टीको महाधिवेशन स्थगित

  • सिधा दृष्टी आइतवार, बैशाख २६, २०७८ | May 9, 2021

विवेकशील साझा पार्टीको आगामी जेठ अन्तिम साताको लागि तोकिएको एकता महाधिवेशन स्थगन गरिएको छ । तत्कालीन विवेकशील नेपाली दल र साझा पार्टीबीच गत मङ्सिर २४ गते एकता गर्दा ६ महिनाभित्र एकीकृत पार्टीको महाधिवेशन गर्ने घोषणा गरिएको थियो ।

कोरोना भाइरसको संक्रमण तीव्र रुपमा वृद्धि भएसँगै ठूलो संख्यामा भेला हुने गरी महाधिवेशन आयोजनाको अवस्था नरहेकाले यही वैशाख २५ गते बसेको पार्टी केन्द्रीय समिति बैठकले जेठमा गर्न नसकिने निर्णय गरेको सो पार्टीका प्रवक्ता शरदराज पाठकले जनाएका छन् ।

परिस्थिति सहज

बनेपछि अनुकूलता हेरी केन्द्रीय समितिबाट महाधिवेशनको अर्को मिति तय गरिने जनाइएको छ । बैठकले कोरोना कहरले सिर्जना गरेको परिस्थितिसँग जुध्न सरकारलाई सक्दो मद्दत गर्ने निर्णयसमेत गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय