प्रधानमन्त्री निवास बालुवाटारमा संवैधानिक परिषदको बैठक बसिरहेको छ । बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा पनि सहभागी भएका छन् ।
बैठकमा संवैधानिक आयोगहरूमा रिक्त पदाधिकारी नियुक्तिको विषयमा छलफल भइरहेको बुझिएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ट्विट् गर्दै बालुवाटारमा संवैधानिक परिषदको बैठक बसिरहेको जानकारी दिएका छन् ।
संवैधानिक आयोगहरूमा नियुक्तिका लागि संवैधानिक परिषदले सिफारिस गर्छ । सिफारिस भएकाहरूको संसदीय सुनुवाइपछि अनुमोदन भएमा नियुक्ति हुन्छ ।
यता प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटा र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा भने संवैधानिक परिषद्को
बैठकमा उपस्थित भएका छैनन् ।