मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • कोरोनाका कारण बाजुराको बडिमालिका नगरपालिका–९ का वडाध्यक्षको मृत्यु
भर्खरै

कोरोनाका कारण बाजुराको बडिमालिका नगरपालिका–९ का वडाध्यक्षको मृत्यु

  • सिधा दृष्टी आइतवार, बैशाख २६, २०७८ | May 9, 2021

बाजुरा जिल्लाको बडिमालिका नगरपालिका–९ का वडा अध्यक्ष बिनोद कुमार बिकको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोना देखिएपछि वडाध्यक्ष विकको जिल्लामा उपचार हुन नसक्दा दिउँसो चार बजे डडेलधुरा रिफर गरिएको थियो ।

तर, उनको बाटो मै मृत्यु भएको जानकारी गराइएको छ । उनलाई अक्सिजनसहितको भेन्टिलेटरको आवश्यकता पर्ने भएकोले जिल्ला अस्पताल बाजुरामा उपचार सम्भव नभएपछि रिफर गरिएको जिल्ला अस्पताल कोरोना फोकल पर्सन चुडामडी पन्तले जनाएका थिए ।

जिल्लामा दुई आईसीयू र दुई भेन्टिलेटर भएता पनि अक्सिजन र जनशक्ति अभावको कारण प्रयोगमा

नआउँदा अध्यक्ष बिकलाई रिफर गर्नुपरेको पन्तले बताए । स्वास्थ्य कार्यालयको दैनिक रिपोर्टमा २ भेन्टिलेटर र २ आईसीयू जडान गरेको प्रतिवेदनमा उल्लेख भएपनि सञ्चालन नभएको पाइएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय