सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • प्रधानमन्त्रीका स्वकीय सचिव र प्रेस सल्लाहकार पुनः संक्रमित
भर्खरै

प्रधानमन्त्रीका स्वकीय सचिव र प्रेस सल्लाहकार पुनः संक्रमित

  • सिधा दृष्टी आइतवार, बैशाख २६, २०७८ | May 9, 2021

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्रप्रसाद भण्डारीलाई पुनः कोभिड–१९ सङ्क्रमण देखिएको छ ।

पिसिआर परीक्षणका क्रममा आफूहरूसहित स्वकीय उपसचिव रूपेश आचार्यलाई पनि सङ्क्रमण देखिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले जानकारी दिएका छन् ।

यसअघि पनि थापा र भण्डारीलाई सङ्क्रमण देखिएको थियो ।

प्रधानमन्त्रीसहित उनका स्वकीय र निजी सचिवालय तथा सुरक्षा निकाय र चालक दलका सयभन्दा बढीको शुक्रबार पिसिआर परीक्षण गरिएको थियो ।

परीक्षणका क्रममा प्रधानमन्त्री ओलीलाई भने सङ्क्रमण नदेखिएको इपिडिमियोलोजी तथा सरुवा

रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले जानकारी दिएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय