सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • रौतहट प्रहरीद्वारा त्रिचालिस वटा अक्सिजन सिलिन्डर नियन्त्रणमा
भर्खरै

रौतहट प्रहरीद्वारा त्रिचालिस वटा अक्सिजन सिलिन्डर नियन्त्रणमा

  • सिधा दृष्टी आइतवार, बैशाख २६, २०७८ | May 9, 2021

कोरोना संक्रमण बढेसँगै संक्रमित व्यक्तिको उपचारका लागि आवश्यक पर्ने अक्सिजन तथा अक्सिजन सिलिण्डर स्टक गर्ने, लुकाउने र कालोबजारी गर्ने उपक्रम पनि बढेको पाइएको छ । यसै क्रममा लुकाएर राखिएका ४३ वटा अक्सिजन सिलिण्डर रौतहट प्रहरीद्वारा नियन्त्रणमा लिइएको छ ।

स्वास्थ्य प्रयोजन बाहेक अन्य कार्यमा प्रयोग गर्ने उद्देश्यले स्टक गरी राखेको सिलिन्डर शनिबार नियन्त्रणमा लिइएको हो ।

अक्सिनसहित ७ किलो तौल भएको २८ वटा, १.५ किलो तौल भएको तीन वटा र ७ किलो तौल भएको अक्सिजनरहित १२ वटा समेत

गरी जम्मा ४३ वटा अक्सिजन सिलिण्डर जफत गरेको प्रहरीको भनाइ छ ।

जिल्लाको गरुडा, गौर र चन्द्रपुर गरी सात स्थानबाट नियन्त्रणमा लिई स्वास्थ्य प्रयोजनमा उपयोग गर्ने गराउनेतर्फ आवश्यक कारवाही भईरहेको र स्टक गर्ने व्यक्तिहरुलाई आवश्यक कार्यवाहीको लागि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय