बुधबार, अशोज १२, २०७९ | Wednesday 28th September 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • शनिबार ३३ सय बढि संक्रमित कोरोना मुक्त : ८४१८ संक्रमित थपिए
भर्खरै

शनिबार ३३ सय बढि संक्रमित कोरोना मुक्त : ८४१८ संक्रमित थपिए

  • सिधा दृष्टी शनिबार, बैशाख २५, २०७८ | May 8, 2021

देशभर थप ८ हजार ४१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार देशभर १७ हजार ३१५ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार २८७ जना र ९८९ जनाको एन्टिजेन परीक्षण गर्दा १३१जना गरी कुल ८ हजार ४१८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यससँगै हालसम्म देशभर कोरोना संक्रमितको हुनेको संख्या तिन लाख ८५ हजार ८९० पुगेको छ । सङ्क्रमित मध्ये पछिल्लो अपडेट अनुसार २४ घण्टा भित्र ३ हजार ३७० जना डिस्चार्ज भएसँगै निको हुनेको सङ्ख्या दुई लाख

९८ हजार ७६५ पुगेको छ ।

कोरोना सङ्क्रमणमुक्त हुनेको दर ७७ दशमलव ४ प्रतिशत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ५३ जनाले ज्यान गुमाएसँगै सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ३ हजार ६३२ पुगेको छ भने सक्रिय संक्रमित ८३ हजार ४९३ रहेको मन्त्रालयले जनाएको छ।

 

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय