शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • कोरोना महामारीमा चन्द्रागिरी नगरप्रमुख गिरीको उदाहरणीय काम
भर्खरै

कोरोना महामारीमा चन्द्रागिरी नगरप्रमुख गिरीको उदाहरणीय काम

  • सिधा दृष्टी शनिबार, बैशाख २५, २०७८ | May 8, 2021

काठमाडौं । चन्द्रागिरि नगरपालिका नगरप्रमुख घनश्याम गिरीले उदाहरणीय काम गरेका छन् । नगरप्रमुख गिरीले नगरपालिका भित्र उपलब्ध अक्सिजन सिलिण्डर संकलन गर्न आफैं खटिएर उदाहरण प्रस्तुत गरेका छन् । नेपाल अटो मेकानिक व्ववसायी संघको सहकार्यमा नगरप्रमुख गिरीले नगरपालिका भित्र विभिन्न कारखानामा रहेका अक्सिजन सिलिण्डर संकलन गर्न आफै खटिएका छन् ।

नगरप्रमुख गिरीको संक्रियतामा शनिवार मात्रै २५ थान सिलिण्डर संकलन भएको छ । संकलन गरिएका सिलिण्डर थानकोट प्राथमिक अस्पतालमा भण्डारी गरी नगरबासीका लागि

बनेका र बन्दै गरेका कोभिड होल्डिङ र​ आईसोलेस​न सेन्टर​ह​रुमा उप्ल​ब्ध​ गराइने नगरप्रमुख गिरीले जानकारी दिए । नेपाल अटो मेकानिक व्यवसायी संघका अध्यक्ष ठाकुरप्रसाद न्यौपानेका साथै सुलिन रिजाल, पुरुषोत्तम रिजाल लगायतका अन्य पदाधिकारीको उपस्थितिमा सिलिण्डर संकलन गरिएको थियो । कोरोना संक्रमितको संख्या बढेसंगै विभिन्न अस्पतालहरुमा अक्सिजनको अभावमा बिरामीको ज्यान गइरहेको छ । सोही कारण आफ्नो नगरपालिकामा कसैले पनि अक्सिजन अभावमा ज्यान गुमाउन नपरोस भनेर अक्सिजन सिलिण्डर संकलन कार्यलाई तीव्रता दिइएको नगरप्रमुख गिरीको भनाइ छ ।

सिलिण्डर संकलन गर्ने कार्यमा मात्रै नभएर नगरप्रमुख गिरी कोरोना महामारी नियन्त्रणका अन्य काममा पनि उत्तिकै सक्रियता देखाएका छन् । गिरीकै संक्रियतामा नगपालिकाको क्षेत्रमा पर्ने नागढुंगा नाकामा स्वास्थ्य जाँच केन्द्र सञ्चालन गरी उपत्यका भित्रने चालक सहचालक र अन्य यात्रुको स्वास्थ्य जाँच गर्ने कार्य सुरु भएको छ । त्यस्तै अन्य जनचेतनाका कार्यहरु पनि जारी छन् । नगरपालिकाले सानो स्रोत र साधनका बाबजुत कोरोना महामारी नियन्त्रणका लागि प्रभावकारी काम गरेपनि संघीय सरकार र प्रदेश सरकारबाट आवश्यक सहयोग नपाएको गिरीको गुनासो छ ।

 

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय