आइतवार, अशोज १६, २०७९ | Sunday 2nd October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • चीनमा तडकभडकयुक्त जीवनशैली अपनाउने कम्युनिष्ट पार्टीका नेतामाथि कारबाही
भर्खरै

चीनमा तडकभडकयुक्त जीवनशैली अपनाउने कम्युनिष्ट पार्टीका नेतामाथि कारबाही

  • सिधा दृष्टी शनिबार, बैशाख २५, २०७८ | May 8, 2021

भ्रष्टाचार नियन्त्रणसम्बन्धी चीनको सर्वोच्च निकायले भड्काउ एवं सुखभोगी जीवनशैली अपनाउने चिनियाँ कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामाथि कारबाही गरेको छ । यस वर्षको शुरुदेखि हालसम्म २७० जनामाथि कारबाही गरिएको चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय अनुशासन आयोगले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

प्रत्येक दश मुद्दामध्ये नौ वटा मुद्दा भड्काउ र सुखभोगसँग सम्बन्धित रहेका र अधिकांश मुद्दामा संलग्न व्यक्तिले महङ्गा सामान, नगद उपहार वा गिफ्ट लिएको आयोगको वेबसाइटमा प्रकाशित विवरणमा उल्लेख छ ।

प्रकाशित मुद्दाहरुमध्ये ४६.८ प्रतिशत अनुशासन उल्लङ्घनसँग सम्बन्धित छन् ।

स्प्रिङ फेस्टिवल, ड्रागन बोट फेस्टिवल, मिड–अटम्न डे र नेसनल डे समेतका प्रमुख चिनियाँ पर्वहरुमा पार्टीका नेताहरुबाट अनुशासन उल्लङ्घन भएको पाइएको सिन्ह्वाले जनाएको छ ।

आयोगले भ्रष्ट अधिकारीहरुमाथि दण्ड सजाय सिफारिस गर्नुका साथै कतिपयलाई चेतावनी दिइएको बताइएको छ । चीनमा पार्टीका नेताहरु नै अधिकांश सरकारी निकायका पदाधिकारी हुने प्रचलन छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय